काठमाडौं– चितवनको भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ।
सदर र बदर मतका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो। मसी लत्पतिएको मतपत्र सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद भएको जनाइएको छ।
भरतपुर महानगरपालिका–२ को मतगणना भइरहेको अवस्थामा मतपत्रमा मसी लत्पतिएको फेला परेको थियो।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल मेयरकी उम्मेदवार छन्। नेकपा एमालेबाट विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल मेयरका लागि प्रतिस्पर्धामा छन्।
मतगणना स्थगित हुनु अगाडिसम्म माओवादी केन्द्रकी रेणुले १८६७ र एमालेका सुवेदीले १८१४ मत प्राप्त गरेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार पौडेलले ६०१ मत प्राप्त गरेका छन्।
यसअघि २०७४ सालको निर्वाचनमा पनि भरतपुरमा मतगणनाको क्रममा विवाद भएको थियो। जसक्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र चपाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।