काठमाडौं– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उपेन्द्र खड्काको अग्रता कायमै रहेको छ। उनी गठवन्धनका उम्मेदवार हुन्।
प्राप्त पछिल्लो जानकारी अनुसार खड्काले २३ सय १२ मत प्राप्त गरेका छन्। त्यस्तै एमालेकी उम्मेदवार मोहनमाया ढकालले २२ सय ९३ मत प्राप्त गर्दै खड्कालाई पछ्याइरहेकी छन्।
उपप्रमुखमा भने एमालेका उम्मेदवार नीलकण्ठ खनालले २ हजार ३ सय ९३ मत पाएका छन् भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी शान्ति ढकालले २ हजार ३४ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।