काठमाडौं– काठमाडौं महानगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। प्राप्त पछिल्लो मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले अग्रता कायम राखेका छन्।
अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहँदा बालेन साहले ३ हजार ११० मत प्राप्त गरेका छन्। बालेनलाई एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्।
एमालेका उम्मेदवार स्थापितले १ हजार ६४५ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ६०२ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।