काठमाडौं– शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ।
मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण (बाबुराम) दङ्गाल र वडा नं ९ मा नेपाली कांग्रेसबाट सहदेव श्रेष्ठ निर्वाचित भएका छन्। दङ्गालले ६७४ र श्रेष्ठले ७०५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दङ्गालको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६०६ मत प्राप्त गरेका छन्। वडा सदस्यमा भने समाजवादीको समूह नै निर्वाचित भएको छ।
यसैगरी नगरपालिका–९ मा भने वडा अध्यक्षसहित सबै सदस्य पदमा कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका सहदेव श्रेष्ठले ७०५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४३३ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नगर प्रमुखमा भने १२ सय ४८ मतका साथ एमालेका कृष्णलाल बजगाईंले अग्रता कायम गरेका छन्। उनलाई नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले ११ सय ९१ मतसहित पछ्याइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापितले १ हजार ८९ मत पाएका छन्। नगरपालिकामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।