अमगरगढी– डडेलधुराको आलीताल गाउँपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।
माओवादी केन्द्रका उम्मेदवार बल वहादुर वुढामगर ६३२ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका टेक राज पाण्डेयले ३४९ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार दान बहादुर धामीले ६३ मत प्राप्त गरे।
आलीताल ३ को महिला वडा सदस्य, दलित महिला सदस्य र खुला सदस्य २ पदमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भए।
८ वटा वडा रहेको आलीताल गाउँपालिकामा जारी मतगणनाअन्तर्गत हालसम्म वडा नम्बर १, २, ३, ७ र ८ को अन्तिम मतपरिणाम प्राप्त भएको छ। जसमध्ये माओवादी केन्द्रले ३ र ७ मा वडाध्यक्ष जितेको छ।
नेपाली कांग्रेसले वडा नम्बर २ र ८ मा वडाध्यक्ष जितेको छ भने नेकपा एमालेले वडा नम्बर १ को वडाध्यक्ष जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।