काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै रहेको छ।
प्राप्त जानकारीअनुसार दाहालले १६ सय ६१ मत प्राप्त गरेकी छन्। त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले १५ सय ४१ मत प्राप्त गर्दै दाहाललाई पछ्याइरहेका छन्।
स्वतन्त्र उम्मेदवार जगननाथ पौडेलले ५ सय ३७ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।