काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको गृहनगर सूर्योदयको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणामनुसार सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रन बहादुर राईले १ हजार ३८० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका काजी मान कागतेले ८०३ मत ल्याएका छन्।
उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार अगाडि छन्। उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्गा कुमार बरालले १ हजार ३१७ मत ल्याएका छन्। उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ९८३ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।