काठमाडौं– ललितपुर महानगरपालिकामा उम्मेदवार नरहेको पदको चुनाव चिह्न अत्यधिक मत झरेको छ। महानगरको वडा नम्बर १ को अन्तिम परिणाम आउँदा उपमेयरका लागि रूख चुनाव चिन्हमा करीब ३ सय ३० मत झरेको छ।
तर सत्तागठबन्धनको साझेदारीमा कांग्रेसले मेयर पद लिएर उपमेयर माओवादी केन्द्रलाई दिएको थियो। त्यसैले उक्त पदमा (उपमेयर) कांग्रेसको उम्मेदवारी थिएन।
उक्त वडामा एमालेले उपमेयर पदका लागि ४ सय ४४ मत प्राप्त गर्दा गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवारले १ सय ८१ मत प्राप्त गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।