काठमाडौं– सुनसरी जिल्लाको बर्जु गाउँपालिका–१ मा एमालेले प्यानलसहित जित हासिल गरेको छ। एमालेका वडाध्यक्षका उम्मेदवार दिलबहादुर गुरुङ प्यानलसहित निर्वाचित भएका हुन्।
निर्वाचन आयोगको जानकारीअनुसार एमालेका उम्मेदवार गुरुङले ९१६ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी देखिएका नेपाली कांग्रेसका मनोज कुमार गछ्दारले ६८९ मत प्राप्त गरेका थिए।
त्यस्तै, एमाले प्यानलबाट निर्वाचित हुनेमा गाउँपालिका सदस्यहरु अर्जुन यादवले ८४० र लाल चन्द कुमार रायले ८२४ मत पाए।
त्यस्तै, महिला सदस्यमा रञ्जनादेवी कामतले ८६४ मत र दलित महिला सदस्य पदका लागि सुशिला मुसहरले ८६२ मत प्राप्त गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।