मार्तडी– बाजुरा जिल्ला सदरमुकाम रहेको बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाको मतगणना आज (आइबार)देखि सुरु हुने भएको छ। मतगणना सुरु गर्ने विषयमा छलफल गर्न राजनीतिक दल तथा उम्मेदवार र प्रतिनिधिलाई निर्वाचन कार्यलयमा बोलाइएको छ।
बुढीगँगा र बुढीनन्दा नगरपालिकाको विवादका कारण सात वटा पालिकामा मतगणना सुरु हुन सकेको थिएन। बुढीगँगा नगरपालिकामा अध्ययनका लागि आइतबार निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको टोली बाजुरा पुगेको छ।
त्यस्तै, त्रिवेणी नगरपालिका र जगनाथ र हिमाली गाउँपालिकामा मतगणना अझै अनिश्चत छ। छेडेदह गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपाकिमा मत गणना जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।