काठमाडौं– काठमाडौं महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेकी छन्। आइतबार दिउँसो एक बजेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार सुनिता डंगोलले २२ सय ३२ मत प्राप्त गरेकी छन्।
काठमाडौंको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीमा रामेश्वर श्रेष्ठले ६ सय ४७ मत पाएका छन्।
त्यस्तै, राप्रपाकी विनिता मगैयाले ५४० र विवेकशील साझाकी कृति कंशाकारले ९६ मत पाएकी छन्। काठमाडौंमा अब ६ स्थानमा मतगणना हुने भएको छ।
अब ३१ नम्बर वडाको पनि मत गणना सुरु हुन लागेको निर्वाचन कार्यालयले जनाएको छ। काठमाडौंको मेयरमा बालेन शाहले अग्रता कायम गरेका छन् भने एमालेका केशव स्थापितले उनलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।