काठमाडौं– सिन्धुपाल्चोकको बाह्वबिसे नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार बालकृष्ण बस्नेतले मेयर पदमा अग्रता कायमै राखेका छन्।
जारी मतगणनामा बस्नेतले ३ हजार ८४४ मत पाएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार निम फुन्जो शेर्पाले पछ्याइरहेका छन्। उनले २ हजार ७ मत पाएका छन्।
यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार बुद्धराज बस्नेतले ५६५ मत पाएका छन्।
यता, उपमेयरमा कांग्रेसकी उम्मेदवार मञ्जु तामाङले ३ हजार ४९९ मत ल्याएकी छन्।
यस्तै, एमालेकी उम्मेदवार सुशीला पाख्रिनले १ हजार ६७९ मतका साथ तामाङलाई पछ्याइरहेकी छन्।
यस्तै, माओवादी केन्द्रकी पातली थामीले ४७१ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।