काठमाडौं– सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको १, २, ३ र ४ वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
वडा १ मा कांग्रेसका आङदोर्जे शेर्पा ४१५ मतसहित निर्वाचित भएका छन्। उनी प्यानलसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर मगरले २३९ मत ल्याएका छन्।
वडा नम्बर २ मा नेपाली कांग्रेसकै रेशमबहादुर तामाङले जित हासिल गरेका छन्। उनले ७०३ मत पाए। उनी पनि प्यानलसहित विजयी बनेका हुन्। उनका प्रतिस्पर्धी एमालेका जितबहादुर तामाङले ६२४ मत ल्याएका छन्।
वडा नम्बर ३ मा कांग्रेसका जीवनकुमार भण्डारीले १०८९ मत ल्याउँदै प्यानलसहित जित हासिल गरे। उनका प्रतिस्पर्धी एमालेका राम श्रेष्ठले ६०३ मत ल्याए।
वडा नम्बर ४ का कांग्रेसका शेखरबहादुर भण्डारीले ११९९ मत ल्याउँदै जित हासिल गरेका छन्। उनी आफ्नो प्यानलसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका अर्थलाल श्रेष्ठले ४८७ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।