काठमाडौं- काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयले काठमाडौं महानगरपालिकाको आधिकारिक मत विवरण सार्वजनिक गरेको छ। जसअनुसार बालेन साहले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्।
आइतबार दिउँसो १ बजे सार्वजनिक मत परिणाम अनुसार, स्वतन्त्र उम्मेदवार बालेन शाहले २१३९, एमाले उम्मेदवार केशव स्थापितले ११९९ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १०५७ मत पाएका छन्।
यसअघि अनौपचारिक रुपमा फरकफरक मत विवरण सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।