काठमाडौं- बागलुङ जिल्लाको तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जोकलाल बुढा निर्वाचित भएका छन्।
उनले २ हजार ७ सय ७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार देवकुमार पुनले १ हजार ९ सय ९५ मत प्राप्त गरेका छन्।
त्यस्तै,उपप्रमुखमा पनि कांग्रेसकै हीरा कुमारी छन्त्यालले जित हासिल गरेकी छन्। उनले कुल २ हजार ६ सय ६८ मत प्राप्त गरेकी छन्। उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार निशु रसाइलीले १ हजार ९ सय ५८ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।