काठमाडौं– सर्लाहीको हरिपुर नगरपालिकाको ४ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये २ वडामा नेकपा एकीकृत समाजवादी र १/१ वडा नेकपा एमाले र नेकपा माओवादी केन्द्र विजयी भएका छन्।
नगरपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार नानी बावु थापा ७८० मत ल्याउँदै वडाध्यक्ष निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गुन्ज बहादुर बलमपाकी मगर ५५२ मतमा सीमित भए।
वडा नम्बर २ मा नेकपा एमालेका निल बिक्रम थापा ६१८ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रोशन कुमार अधिकारी ४४२ मतमा सीमित भए।
वडा नम्बर ८ मा नेकपा एकीकृत समाजवादीका हरि बहादुर थापा ५४० मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका माधव प्रसाद उपाध्याय ३७३ मतमा सीमित रहे ।
वडा नम्बर ९ मा एकीकृत समाजवादीकै विश्वनाथ राय १ हजार १८७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका रामबाबु राय यादवले ५५५ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।