महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
नेकपा एमालेका उम्मेदवार उत्तरदेव भट्ट ७८३ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुवर्ण बहादुर बिष्टले ७३५ मत ल्याए। उक्त वडामा एकीकृत समाजवादीका हरिश बिष्टले ३८४, राप्रपाका जयदेव भट्टले ७९ तथा राष्ट्रिय जनमोर्चाका विष्णुदत्त पन्तले ५८ मत ल्याए।
शुक्लाफाँटा १ मा वडाध्यक्षसहित नेकपा एमालेले महिला वडा सदस्य, दलित महिला वडा सदस्य जितेको छ। खुला २ वडा सदस्य पदमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।