काठमाडौं– सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ विजयी भएका छन्। उनले १३ सय १० मत ल्यउँदा उनका निकटम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले ११ सय ३० मत प्राप्त गरेका छन्।
वडा सदस्यमा पनि एमालेबाट मञ्जु कार्की, कुमार चौलागाई र कल्पना परियार विजयी भएका छन्। एक खुला वडा सदस्यमा भने कांग्रेसबाट घननाथ मिश्र विजयी भएका छन्।
नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका निशान ढुङ्गेलले अग्रता बनाएका छन्। उनले हाल १६ सय २६ मत ल्याउँदा एमालेका वासुदेव थापाले १३ सय ४८ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा भने एमालेकी सरिता भट्टराईले १३ सय ५१ मतसहित अगाडि छिन्। निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा समाजवादीका श्यामसुन्दर बस्नेतले ८०७ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।