काठमाडौं– कैलालीको जोशीपुर गाउँपालिका–१ मा नागरिक उन्मुक्ति पार्टी प्यानलसहित निर्वाचित भएको छ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार जोशीपुर १ मा नागरिक उन्मुक्ति पार्टीबाट वडाध्यक्षमा रामचन्द्र चौधरी ७७३ मत ल्याएर निर्वाचित भएका हुन्।
त्यहाँ वडासदस्यसहित सबै सदस्यहरु नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन्।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारले अग्रता लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।