काठमाडौं– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौंदीकाली गाउँपालिकामा एमाले विजयी भएको छ। छ वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार वडामा एमालेको समूह विजयी भएको हो।
अध्यक्षमा निर्वाचित एमालेका प्रकाश ओझा ३ हजार ९७६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका खडकबहादुर रानाले ३ हजार ५४१ मत प्राप्त गरे।
उपाध्ययक्षमा पनि एमालेकै उम्मेदवार डिलकुमारी केसी सारुले ३ हजार ९६२ मत प्राप्त गरी विजयी भयन्। उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका धनकान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गरिन्।
वडा नं १ को वडाध्यक्षमा एमालेका अनिल थापा मगर ६०२ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका टोलनाथ कँडेलले ४६३ मत प्राप्त गरे।
वडा नं २ मा एमालेकै श्यामसुन्दर श्रेष्ठले १ हजार १३५ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हेमराज ओझाले ७२५ मत प्राप्त गरे।
वडा नं ३ को अध्यक्षमा नेकपा एमालेका तेजबहादुर थापा ६२० मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका कुलबहादुर ठाडामगरले ५१९ मत प्राप्त गरे।
वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनबहादुर सारु ८६८ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका मोहन थापामगरले ३८६ मत प्राप्त गरे। वडा नं ५ भने एमालेका भीमबहादुर थापा खरुमगर ४६२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गरे।
त्यस्तै, वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका खुमकुमार सारु मगर ७२१ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।