काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका राप्रपाका राम थापाले अग्रता बनाएका छन्।
थापाले २१८५ मत पुर्याउँदा एमालेकी गिता पौडेल अधिकारीले २१३६ मतसहित पछ्याइरहेकी छन्। राप्रपालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ।
उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई २१३८ मतसहित अग्रता हासिल गरेकी छिन्। उनलाई एमालेका अम्बिकाप्रसाद खनालले १९७७ मतसहित पछ्याइरहेका छन्।
यसअघि २०७४ सालका निर्वाचनमा दमक नगरपालिकाको मेयर र उपमेयर एमालेले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।