काठमाडौं– पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
उनले मत गणना सुरु भएदेखि निरन्तर अग्रता लिइरहेका छन्। अहिले वडा नम्वर १,२ र १२ काे मतगणना सकिएको छ।
तीन वडाको मत गणना धननराज आचार्यले ९२३ मत प्राप्त गरेका छन्। एमालेका मेयर पदका उम्मेदवार कृष्ण थापा ८५४ मत प्राप्त गरेका छन्। उनीहरुका बीचमा ६९ मतको फरक देखिएको छ।
त्यस्तै, उपसभामुखमा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसीकी कोपिला रानाभाटले १०२८ र एमालेका उपमेयरमा मञ्जुकुमारी गुरुङले ९०७ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।