काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिका-१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेम लामा निर्वाचित भएका छन्। उनले ५५६ मत ल्याएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरोज पाण्डेले ४४७ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत ल्याएका छन्।
वडाध्यक्षमा निर्वाचित लामा कांग्रेसका विद्रोही उम्मेदवार हुन्। कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र रुपमा प्यानल लिएर उम्मेदवारी दिएका थिए।
उनको प्यानलबाट वडामा दलित महिला सदस्य र खुल्ला सदस्य निर्वाचित भएका छन्। उनीहरुले जेब्रा चुनाव चिह्न पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।