काठमाडौं– स्थानीय तहको निर्वाचनअन्तर्गत अछाम जिल्लाको रामारोशन गाउँपलिकामा चार वडाको मतगणना सकिएको छ। चार वडाको मतगणना सकिँदा दुई वडामा नेकपा माओवादी केन्द्र, एकमा नेपाली कांग्रेस र एकमा नेकपा एमालेले जित हासिल गरेको छ।
गाउँपालिकाको वडा नम्बर १ र २ मा माओवादी केन्द्रले जित हासिल गरेको छ। वडा नम्बर १ मा माओवादी केन्द्रका चक्रबहादुर साउँदले ५१९ मतसहित जित हासिल गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका रतन बहादुर साउँदले ३८० मत ल्याए।
त्यस्तै, वडा नम्बर २ मा माओवादी केन्द्रका मीन बहादुर परियारले २५५ मतसहित जित हासिल गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका चक्र बहादुर रावतले २२७ ल्याए।
नेपाली कांग्रेसले जित हासिल गरेको रामारोशन गाउँपालिकाको वडा नम्बर ३ मा उम्मेदवार गणेश बहादुर सावद ५१२ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन् ।उनका प्रतिस्पर्धि एमालेका तारा बहादुर साउदले ४९९ मत ल्याए।
त्यस्तै, एमालेले जित हासिल गरेको गाउँपालिकाको वडा नम्बर ४ मा एमाले उम्मेदवार तर्क राज उपाध्यायले ६८८ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धि नन्द राज उपाध्यायले ६५८ मत ल्याएका छन्।
रामारोशन गाउँपालिकामा हाल मतगणना जारी छ। चालु मतगणनामा एमालेका चक्रबहादुर रावतलले १७ सय ३५, कांग्रेसका मान बहादुर साउदले १०८७, माओादी केन्द्रका पहल बहादुर साउँदले १०५८ र राप्रपाका लोकेन्द्र बहादुर शाहले ७ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।