काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाको वासस्थान रहेको सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२मा माओवादी केन्द्र पराजित भएको छ।
वडाको आइतबार बिहान सार्वजनिक परिणम अनुसार माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार १ मतले पराजित भएका हुन्।
वडाध्यक्षमा नेपाली कांग्रेसका छविलाल न्यौपाने ४९६ मतसहित विजयी बन्दा नेकपा माओवादीका पुरुषोत्तम सापकोटाले ४९५ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।