काठमाडौं– बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले जित हात पारेको छ।गाउँपािलका उपाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा माओवादीका उम्मेदवार धनबहादुर विक तथा उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोका निर्वाचित भएका हुन्।
ताराखोला गाउँपालिकाको मतपरिणाम आइतबार सार्वजनिक भएको हो। निर्वाचन आयोगका गाउँपालिका प्रमुख विक २ हजार २ सय ८५ मत ल्याई विजयी भएका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई १ सय ९५ मतान्तरले पराजित गरेका हुन्।
ताराखोला गाउँपालिका उपाध्यक्षमा कांग्रेसका रोका ३ हजार ४ सय ३ मत ल्याएर निर्वाचित भएका छन्। उनले एमालेका थममाया घर्तीलाई पराजित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।