काठमाडौं– डोटीको बढिकेदार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका भैरव बहादुर साउँदले २३ सय ४३ मत ल्याउँदै जित हासिल गरेका हुन्।
उनका प्रतिस्पर्धीका रुपमा देखिएका नेकपा एमालेका चक्र बहादुर धर्तीमगरले १६ सय ८४ मत ल्याएका छन्। अध्यक्षका अर्का उम्मेदवार नेकपा एकीकृत समाजवादीका भक्त बहादुर साउँदले १४७१ मत ल्याएका छन्।
गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै डम्मर कुमारी विष्टले २४ सय ७ मत ल्याउँदै जित हासिल गरिन्। उनकी प्रतिस्पर्धी रहेकी नेकपा एमालेकी सपना सिराडीले २२७३ मत ल्याएकी छिन्। उपाध्यक्षमा माओवादी केन्द्रकी देवीसरा देवी घर्तीमगरले ८६२ मत ल्याइन्।
गाउँपालिकाको वडा १ मा कांग्रेसका डबल बहादुर बोहरा ५३० मत, वडा २ मा माओवादी केन्द्रका प्रेम बहादुर घर्तीमगर ४०५ मत, वडा ३ मा कांग्रेसका राम बहादुर गुरुङ ५६२ मत, वडा ४ मा एमालेका कर्ण बहादुर जेठरा ५३२ मत र वडा ५ मा एमालेका पदम सि बोहरा ६५८ मतसहित निर्वाचित भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।