काठमाडौं– कैलालीको घोडाघोडी नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका राम दुलारे चौधरी प्यानलसहित विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खडकबहादुर चौधरी (उमार) लाई पराजित गर्दै उनी ८ सय २६ मतका साथ विजयी भएका हुन्। खडक बहादुर चौधरी(उमार) ले ३ सय ५१ मत प्राप्त गरेका छन्।
त्यसैगरी, महिला सदस्यमा सुमिता चौधरी ८ सय ४३ मत, दलित महिला सदस्य मातादेवी दमाई ८ सय २२ मत, खुला सदस्यद्वय गोपुलदाश डगौरा थारु ८५१ मत र रामनाथ चौधरी ७९० मत ल्याई विजयी भएका छन् । घोडाघोडी नगरपालिका – १२ नेकपा माओवादी केन्द्रको पकड क्षेत्र रूपमा चिनिने गरिन्थ्यो।
माओवादीको गड भत्काउन सफल भएको कांग्रेस पार्टीले जनाएको छ। २०७४ को स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रका पर्नाकुमार चौधरी विजयी भएका थिए। वडा नम्बर १२ मा २ हजार ५२ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।