काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मतगणना सुरु भएको छ। शुक्रबारै मतगणना सुरु गर्ने भनिए पनि विवादका कारण शनिबार मध्यरातपछि मात्र गणना सुरु गरिएको हो।
अहिले नगरको १ र १३ नं वडाको मतगणना भइरहेको छ। दुवै वडाको गरी ८ सय मत गणना हुँदा एमालले सुरुवाती अग्रता लिएको छ।
पछिल्लो परिणामअनुसार मेयरमा एमालेका उम्मेदवारले २५८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले २३१ मत ल्याएका छन्। त्यसैगरी एकीकृत समाजवादीका उम्मेदवारको १९६ मत रहेको छ।
उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन्। माओवादीले २५७ मत ल्याउँदा एमालेले २३१ र राप्रपाका उम्मेदवारले १५८ मत ल्याएका छन्।
नगरमा कांग्रेस र राप्रपाबीच तथा एकीकृत समाजवादी र माओवादीबीच चुनावी तालमेल रहेको छ। एमाले भने एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।