काठमाडौं– मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर १ मा कांग्रेसले जित हासिल गरेको छ। वडाध्यक्षको पदमा कांग्रेसका रत्नबहादुर कार्की निर्वाचित भएका छन्।
कुल २ हजार ६९१ मत खसेको वडामा कांग्रेसका कार्कीले ११ सय ८ मत प्राप्त गरेका छन्। त्यस्तै, एमालेका तोर्णबहादुर कार्कीले ८५२ मत ल्याएका छन्। माओवादी केन्द्रका रोषण खत्रीले ४३७ मत र राप्रपाका गणेशकुमार पराजुलीले ३१ मत प्राप्त गरेका छन्।
वडामा महिला दलित सदस्यमा एमालेका तर्फबाट तुलसादेवी नेपालीले ९ सय मतसहित जित हासिल गरेकी छिन्। त्यस्तै, खुला सदस्यतर्फ एमालेकै रामजी भण्डारीले ९४३ मतसहित जित हासिल गरे।
महिला सदस्यमा कांग्रेसकी विमला बुढाथोकीले ९०४ मत र खुला सदस्यमा कांग्रेसका दिपेशकुमार थापाले ८७९ मतसहित निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।