काठमाडौं– मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ७ मा एमालेले प्यानलसहित जित हासिल गरेको छ। वडाध्यक्षमा एमालेका मोहनप्रसाद अधिकारीसहित प्यानल नै विजयी भएको हो।
कुल २७ सय २ मत खसेको वडामा एमालेका अधिकारीले १३ सय २८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धीका रुपमा देखिएका नेपाली कांग्रेसका अमृत चेम्जोङले १ हजार ९० मत ल्याए।
त्यस्तै, एमाले प्यानलबाट सदस्यमा पदमकुमारी कार्कीले १४ सय ९, जित बहादुर लिम्बुले १३ सय, जीवन सुब्बाले १२ सय ८२ मत ल्याएका छन्। त्यस्तै, दलित महिला सदस्यमा एमालेकी रुविना विश्वकर्मा १३ सय ६१ मत ल्याएर निर्वाचित भएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।