काठमाडौं– ललितपुर महानगरपालिकामा १४ सय मत गणना हुँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन दोब्बर मतले अग्रता लिइरहेका छन्।
उनले ७०६ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ पाएका छन्।
उपमेयरमा एमालेले अग्रता लिएको छ। एमालेका उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ३७२ मत पाएकी छन्। गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराम बज्राचार्यले २६७ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।