काठमाडौं— बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खेलराज पाण्डेले फराकिलो अग्रता बनाएका छन्।
कांग्रेसका पाण्डेले २२१४ मत पाएका छन्। उनलाई पछ्याइरहेका एमालेका बाबुराम भट्टराईले १३१२ मत पाएका छन्।
उपमेयरमा भने एमालेले अग्रता बनाएको छ। एमालेकी सावित्रादेवी अर्यालले १४८२ मत पाएकी छन्। गठबन्धनबाट एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन्।
बुटवलमा उपमहानगरपालिका वडा नम्बर १ को मतगणना सकिएको छ। अहिले वडा नम्बर २ र ३ को मतगणना भइरहेको छ।
अघिल्लो निर्वाचनमा बुटवलका अधिकांश वडासहित मेयर र उपमेयर एमालेले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।