काठमाडौं- पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता कायमै राखेका छन्। उनलाई एमाले उम्मेदवारले पछ्याइरहेका छन्।
पछिल्लो परिणामअनुसार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाएका छन्। एमालेका कृष्ण थापाको मत ५३८ छ।
एकीकृत समाजवादीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको साथ छ। एमाले भने एक्लै प्रतिश्पर्धामा छ।
मेयरमा नै राप्रपाका शंकर खरालले ९८ मत पाएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका गनेश पौडेलले ३६ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।