काठमाडौं- नेकपा एकीकृतका सम्मानीत नेता झलनाथ खनालको गृहनगर इलामको सूर्योदयमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
सूर्योदयको मेयरमा एकीकृत समाजवादका रणबहादुर राईले १०२६ मत पाएका छन्। उनलाई पछ्याइरहेका एमालेका काजीमान कागतेले ७२२ मत पाएका छन्।
उपमेयरमा पनि गठबन्धन नै अगाडि छ। गठबन्धनबाट कांग्रेसका उम्मेदवार दुर्गा बरालले ९२० मत पाउँदा एमालेकी दुर्गा भट्टराईले ७५६ मतसहित पछ्याइरहेकी छन्।
वडा नं. १ को मत गणना जारी रहँदा वडाध्यक्षमा कांग्रेसका राजकुमार सेरेङले ६९३ मत पाएका छन्। एमालेका धनकुमार मोक्तानको ६८९ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।