काठमाडौं- शंखरापुर नगरपालिकामा एमाले र सत्ता गठबन्धनका उम्मेदवारलाई राप्रपाले कडा टक्कर दिइरहेको छ।
यहाँ सत्ता गठबन्धनका कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ। माओवादी केन्द्र र जसपाले छुट्टै उम्मेदवार खडा गरेका छन्।
मेयरमा एमालेका कृष्णलाल बजगाईंले १२०१ मतसहित अग्रता कायम गरेका छन्। उनलाई राप्रपाका रमेश नापितले पछ्याइरहेका छन्। बजगाईं र नापितबीच उछिनापाछिन चलिरहेको छ।
नापितले अहिले ११४१ मत ल्याएका छन्। त्यसैगरी एकीकृत समाजवादीका मेयरका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठले ११२२ मत पाएका छन्।
उपमेयरमा कांग्रेसकी समित श्रेष्ठले ६७१ मतसहित अग्रता कायम गरेकी छिन्। एमालेकी लक्ष्मी केसीले ४७० र राप्रपाकी लक्ष्मीकुमारी वाइबाले ३७६ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।