काठमाडौँ— सप्तरीको हनुमाननगर कंकालिनीको मेयर र उपमेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीले फराकिलो अग्रता बनाएको छ।
जनमत पार्टीका मेयरका उम्मेदवार वीरेन्द्र माझीले १ हजार ६२२ मत प्राप्त गरेका छन्। उनलाई जनता समाजवादी पार्टीका उम्मेदवार शैलेशकुमार साहले ८९४ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै उपमेयरमा जनमत पार्टीकै रेखादेवी मण्डलले १ हजार ६०२ मतसहित अग्रता कायम गरेकी छन्। उपमेयरमा जसपाकै सरितादेवी यादव सिपालिया ९६८ मतसहित पछ्याइरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।