काठमाडौं– रोल्पाको सुनिल स्मृति गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन्।
गिरीले लौरो चुनाव चिह्न लिएर स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका थिए। निर्वाचन आयोगकाअनुसार गिरीलाई ५०७ मत प्राप्त भएको छ। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शान्तराम शाहले ४६९ मत प्राप्त गरेका छन्।
उक्त वडाको वडाध्यक्षबाहेक खुला सदस्य, महिला सदस्य, दलित महिला सदस्य पदमा भने नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।