दाङ- बबई गाउँपालिका-२ मा वडाध्यक्षसहित कांग्रेसको प्यानल नै विजयी भएको छ।
वडाध्यक्षमा कांग्रेसका टेकबहादुर वलीले ९३८ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका एकलाल घर्तीले ६४० मत पाए भने नेकपा एमालेका मानबहादुर आलेले ३०० मत पाएका छन्।
खुल्ला सदस्यमा हरिबहादुर वली र टिकाराम खत्रीले जितेका छन् भने महिला सदस्यमा प्रेमा डाँगीले जित्दा दलित महिला सदस्यमा गिता परियार विजयी भएकी छिन्।
बबई गाउँपालिकाको प्रमुख र उपप्रमुखमा पनि नेपाली कांग्रेसका कुलबहादुर खत्री र बमकुकारी खड्काको अग्रता छ। कांग्रेसलाई प्रमुखमा नेकपा एमालेका निवर्तमान अध्यक्ष भुवनेश्वर पौडेल र उपप्रमुखमा एमालेकै निवर्तमान उपाध्यक्ष सावित्रा विश्वकर्माले पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।