काठमाडौं–निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचनका क्रममा ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ।
आयोगका अनुसार ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको हो। स्थगित भएकामध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको आयोगले जनाएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।