सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहको मतगणना जारी रहेको छ। पछिल्लो विवरण अनुसार जिल्लाका ६ वडामा कांग्रेस विजयी हुँदा दुईमा एमालेले जित निकालेको छ।
बाह्रबिसे, जुगल, त्रिपुरासुन्दरी, हेलम्बुमा गरि कांग्रेसले ६ वटामा जित हात पारेको हो।
बाह्रबिसे नगरपालिका १, २ मा कांग्रेस विजयी भएको छ। १ मा ४ सय १५ मत ल्याएर आङदोर्जे शेर्पा विजयी भए भने वडा नम्बर २ मा ७०६ मतबाट रेशम तामाङ विजयी भए। जुगल गाउँपालिका १ मा ५ सय ८४ मतसहित जनक लामा विजयी भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका १ मा सिताराम थापाले ३३४ मत पाएर विजयी भए।
हेलम्बु गाउँपालिका १ मा ९ सय ६५ मत लिएर दावाग्याल्जेन लामा र हेलम्बु गाउँपालिका ७ मा ६६६ मतपछि निलबहादुर खड्का बिजयी भएका छन्।
एमालेबाट चौतारा साँगाचोकगढी नगरपालिका ३ मा टेकबहादुर तामाङ विजयी भए भने इन्द्रावती गाउँपालिका १ मा ६९७ मत लिएर चिनलाल तामाङ विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।