काठमाडौं- ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ।
३०० मत गणना गर्दा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले १५५ मतका साथ अग्रता कायमै राखेका हुन्। नेकपा एमालेका हरि कृष्ण ब्यञ्जनकारले ७८ मत प्राप्त गरेका छन्।
यस्तै, उपमेयरमा भने नेकपा (एमाले) मन्जली शाक्य बज्राचार्यले अग्रता कायमै राखेकी छन्।
उनले ३०० मत गणना गर्दा ९४ मत प्राप्त गरेकी छन्।
उनलाई गठबन्धनबाट उम्मेदवारी दिएका बाबु राज बज्राचार्यले ५९ मतका साथ पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।