काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज तीन हजार ८७२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जन १६ सय ३८ मतका साथ अग्र स्थानमा छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले १३ सय ५१ मत प्राप्त गरेका छन्।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना बुर्लाकोटीले १५ सय ५७ र नेकपा (एमाले)की उम्मेदवार भवानी डोटेलले १३ सय ६२ मत प्राप्त गरेका छन्।
कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।