अमगरढी– डडेलधुराको परशुराम नगरपालिकामा माओवादी केन्द्र अग्रता कायम राखेको छ।
पछिल्लो मतपरिणामअनुसार ६८५ मतसहित माओवादीबाट मेयरका उम्मेदवार शेर सिंह मालले अग्रता कायम राखेका छन्।
माओवादीका माललाई नेपाली कांग्रेसका भरत बडायर जोशीले पछ्याइरहेका छन्। कांग्रेसका जोशीले ६४० मत प्राप्त गरेका छन्। नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव बहादुर बोहराले २९३ मत ल्याएका छन्।
उपमेयरमा पनि माओवादी केन्द्रकै उम्मेदवारले अग्रता लिएका छन्। माओवादीबाट उपमेयर उम्मेदवार विमला कुमारी बोहराले ७५९ मत ल्याएकी छन्। कांग्रेसबाट उपमेयर उम्मेदवार कलापती देवी बोहराले ६८५ मत ल्याएकी छन् भने एमालेबाट उपमेयरकी उम्मेदवार गोमती देवी पन्तले ३५९ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।