काठमाडौं– सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थलीमा नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ गरेको छ।
शनिबार सम्पन्न मतगणनामा कांग्रेसले वडा अध्यक्षसहित सदस्यमा विजय हासिल गरेको हो। वडा अध्यक्षमा नेकपा एमाले र माओवादी केन्द्रका गठबन्धनलाई पछि पार्दै कांग्रेसका सीताराम थापा विजयी भएका छन्।
उनले ३३४ मत पाए। यस्तै, गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका हरेराम तिमिल्सिनाले २७९ मत ल्याए। यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार जितबहादुर थामीले ७ मत ल्याए।
यस्तै, महिला सदस्यमा कांग्रेसकी चरिमाया तामाङले ३२९ मत ल्याइन्। यता, एमालेकी कविता मगरले २८८ मत मात्रै ल्याइन्।
दलित महिला सदस्यमा पनि कांग्रेसकी सोममाया विक निर्वाचित भइन्। उनले ३३२ मत ल्याइन्। यता, एमालेकी विमला विकले २९५ मत ल्याइन्।
खुला सदस्यहरुमा कांग्रेसका कमलप्रसाद तिमिल्सिना र वीरबहादुर गुरुङ विजयी भएका छन्। तिमिल्सिनाले ३४१ र गुरुङले ३२७ मत ल्याए।
वडामा कुल ६९४ मत खसेको थियो। त्यसमध्ये १२ मत बदर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।