काठमाडौं- सप्तरीको कञ्चनरुप नगरपालिकाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ। जहाँ सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता लिएको छ।
सो नगरपालिकाको मेयरमा जनमत पार्टीका इन्द्रदेव कौडगीयाले अग्रता लिएका हुन्। उनले ३६४ मत पाएका छन्।
उनलाई जसपाका भोलाकुमार पासवान २६३ मत सहित पछ्याइरहेका छन्। कांग्रेसका ललनप्रसाद गुप्ताले १९८ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि जनमत पार्टीकै सम्झना रानाले अग्रता लिएकी छिन्। उनले ३५८ मत पाएकी छिन्। उनलाई जसपाकी कल्पनाकुमारी चौधरीले २५२ मतसहित पछ्याइरहेकी छिन्।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी मुनाकुमारी पोख्रेलले २०५ मत प्राप्त गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।