काठमाडौं– सिन्धुपाल्चोकको बाह्वबिसे नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार बालकृष्ण बस्नेतले मेयर पदमा अग्रता लिएका छन्।
जारी मतगणनामा बस्नेतले १ हजार १७४ मत पाएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार निमफुन्जो शेर्पाले पछ्याइरहेका छन्। उनले ९५९ मत पाएका छन्।
यस्तै,नेकपा माओवादी केन्द्रका उम्मेदवार बुद्धराज बस्नेतले २४९ मत पाएका छन्।
यता, उपमेयरमा कांग्रेसकी उम्मेदवार मञ्जु तामाङले अग्रता बनाएकी छन्। उनले जारी मतगणनामा १ हजार १८४ मत ल्याएकी छन्।
यस्तै, एमालेकी उम्मेदवार सुशिला पाख्रीनले ९५६ मतका साथ तामाङलाई पछ्याइरहेकी छन्। यस्तै, माओवादी केन्द्रकी पातली थामीले २६१ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।