काठमाडौं- जितपुर सिमरा उपमहानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। जहाँ मेयरमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका राजन पौडेलले अग्रता लिएका छन्।
पौडेलले १०६८ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेकी सरस्वती चौधरीले ५७३ मत पाएकी छिन्।
उपमेयरमा पनि गठबन्धनको साझा उम्मेदवार कांग्रेसकी मेघा शाहीले ११२५ मत पाएकी छिन्। उनलाई एमाले उम्मेदवारले भोलाप्रसाद अधिकारीले ५८३ मत पाएका छन्।
२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा यो उपमहानगरपालिकामा एमालेका मेयर र उपमेयर निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।