अमरगढी– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेको डडेलधुराको गन्यापधुरमा गाउँपालिका वडानम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस पराजित भएको छ।
गन्यापधुरा–१ मा कांग्रेसबाट विद्रोह गरेको नेपाली कांग्रेस बीपीका उम्मेदवार नरेश भण्डारी विजयी भएका छन्। कांग्रेस बीपीका भण्डारीले ६७३ मत प्राप्त गरे।
भण्डारीका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र बहादुर देउवाले ५४४ मत प्राप्त गरे। उक्त वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन बेला असन्तुष्ट रहेका नेता/कार्यकर्ताको नेतृत्व गर्दै नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लको नेतृत्वमा कांग्रेस बीपी करुवा चुनाव चिह्नसहित चुनावमा होमिएको हो।
डडेलधुरामा कांग्रेस बीपीले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।