काठमाडौं- भक्तपुर नगरपालिकाको पछिल्लो अपडेट प्राप्त भएको छ। जहाँ नेमकिपाका उम्मदेवारले उच्च मतसहित अग्रता लिइरहेका छन्।
पछिल्लो अपडेटअनुसार नेमकिपाका मेयर उम्मेदवार सुनिल प्रजापतिले २०१५ मत प्राप्त गरेका छन्। उनलाई पछ्याएका एमालेका रवीन्द्र लाछिमस्युले १५९ मत पाएका छन्।
उपमेयरमा नेमकिपाकै रजनी जोशीले २०१७ मतसहित अग्रता लिएकी छिन्। उनलाई पछ्याएकी एमालेकी रञ्जना खर्बुजाले १५७ मत प्राप्त गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।